उदयपुरको रौतामाइ गाउँपालिका वडा नम्बर -४ मा रहेको सल्ले माबिमा शिक्षक र विद्यालयका लेखापाल बीच बिबाद भै हात हालाहाल हुँदा घाइते भएका बिएससि (BSC) शिक्षकको उपचारका क्रममा मृत्यु भएको छ । लहान नगरपालिका -२२ सिरहा निवासी शिक्षक शिव प्रसाद यादव लाई लेखापाल नरेन्द्र राइले मुक्का हान्दा घाइते भएका यादबको उपचारका क्रममा धरान स्थित बिपि कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।


निमाबी राहतमा अध्यापन गराउदै आएका धर्मदेव ठाकुरको मृत्यु भएर खाली रहेको निमावि राहत कोटामा बिज्ञापन गर्ने बिषयमा छलफल गर्न असार १२ गते बुधबार बसेको स्टाफ मिटिङमा यादब र राईका बिचमा गाउँपालिका को जाने भन्ने बिसयमा विवाद भएको थियो ।
यादवले बिहिबार गाउँपालिका आफू जाने र शुक्रवारको कागज दिए घर पुगेर आउने कुरा प्रअ रमेशकुमार कटुवाल सग गरेका थिए तर उनको कुरामा असहमति जनाउदै कि प्रअ जानुहुन्छ कि म जान्छु तपाईंको पढाउने काम हो पठाउनुस भन्दै लेखापालले भनेपछि विवाद बढेको सोही माबिम अध्ययन गराउदै आइरहेका शिक्षक तथा प्रत्यक्षदर्शी जयप्रकाश पण्डितले लिखुखबर लाई जानकारी दिए । यादव माबी तहका राहत शिक्षक हुन । उनले माबी तहमा २०६५ देखि गणित र बिज्ञान बिषय पढाउदै आइरहेका थिए ।

स्टाफहरुको बीचमा भएको बिबादले शिक्षकको ज्यानै गएपछि अहिले बिधालय शोकमा डुबेको छ । यो वर्षको एसईइको परिक्षामा पनि सल्ले माबिको नतिजा सन्तोषजनक नआएको स्थानीयले बताइ रहेको बेला स्टाफको झगडाले थप समस्या निम्तने देखिएको छ ।
यादबको धरानमा मृत्यु भएको सार्वजनिक भएपछि लेखापाल राई लाई रौता चौकीले नियन्त्रणमा लिएको पनि पण्डितले जानकारी दिए ।











