सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
जलसतह बढ्दो क्रममा रहेका कारण नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विगतमा पनि मेलम्चीको बाढीले ठूलो धनजनको क्षति गरेको थियो । भारी वर्षा पछि आउने बाढीबाट हुने क्षेति कम गर्न पछिल्लो समय सूचना मार्फत ध्यानाकर्षण गराउने काम सरकारी निकायले गर्दै आइरहेका छन् ।












