एसईइ परिक्षामा उतिर्ण भएका लिखुपिके गाउँपालिकाका ३ वटै माबिका बिद्यार्थीहरु लाई हिमालयन प्रोजेक्ट नेपालले चिया बिषयमा सिटिइभिटी (CTEVT) अन्तर्गत विशेष छात्रवृत्ति दिने घोषणा गरेको छ ।


प्रोजेक्टले भोलि सम्म निवेदन दिन पनि विद्यार्थीहरुको ध्यानाकर्षण गराएको छ । प्रोजेक्टकि प्रवन्ध निर्देशक जानकी खडकाले यो वर्ष भकान्जेको चन्द्रज्योती माबिले शतप्रतिशत नतिजा ल्याएको भन्दै प्रोजेक्टको तर्फबाट बिधालय लाई धन्यवाद ज्ञापन गरिन ।

हिमालयन प्रोजेक्टले लिखुपिके गाउँपालिकाको शिक्षा , स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आइरहेको छ भने भकान्जे डेनिस नागरिक पापाकोटको बिशेष रोजाइमा परेको स्थान हो ।
उनी २७ वर्षदेखि यो गाउँको बिकासमा निरन्तर सकृय छन ।




एसईइ परिक्षामा उतिर्ण भएका लिखुपिके गाउँपालिकाका ३ वटै माबिका बिद्यार्थीहरु लाई हिमालयन प्रोजेक्ट नेपालले चिया बिषयमा सिटिइभिटी (CTEVT) अन्तर्गत विशेष छात्रवृत्ति दिने घोषणा गरेको छ ।







