राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले गत आम चुनावमा कांग्रेस महामन्त्री गगन थापासँग रणनीतिक सहकार्य गरेको खुलासा गरेका छन् । गत आम चुनावमा कांग्रेस महामन्त्री गगन थापासगको सहकार्यमा आफूहरूले प्रत्यक्ष तर्फ दुई सिट बढी जितेको दाबी गरेका छन् । ढकालको समीक्षा यात्रा प्रतिवेदनमार्फत आम चुनावमा रास्वपाले कांग्रेस महामन्त्री थापासँग रणनीतिक सहकार्य गरेको खुलासा भएको हो । आम चुनावमा थापासँगको सहकार्यले पार्टीलाई अहिले हानि गरिरहेको ढकालको प्रतिवेदनमा उल्लेख छ साथै कांग्रेस महामन्त्री थापाको सहयोगमा रास्वपाले प्रत्यक्षमा दुई सिट बढी जितेको पनि ढकालले प्रतिवेदनमा लेखेका छन् ।


हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा दुई सिट नाफा हुन पुग्यो । नतिजाले काठमाडौँ ४ पनि हामीले जित्ने देखाएकाले, गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो । गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्नुपर्ने पनि प्रतिवेदनमा भनिएको छ । अहिले गगन र रबिको सम्बन्धमा पनि दरार उत्पन्न भएको छ ।












