राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का निलम्वित महामन्त्री मुकुल ढकालले जनताको कुरा जस्ताको-तस्तै बोल्दा आफूलाई कारबाही भएको गुनासो गरेका छन् ।

अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले मुकुललाई महामन्त्री पदबाट निलम्बन गरेको थियो ।जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारवाही भएको छ, मुकुलले सामाजिक सन्जालमा लेखेका छन् । पद गौण हो र जनताका कुरा बोलिदिँदा कारवाही भए पनि बोल्नुपर्छ भन्ने लागेर आफूले बोल्दा कारबाही भोग्नुपरेको उनको भनाइ छ । सभापति रवि लामिछानेले देश बनाउने विश्वासमा उनले गरेका कतिपय कुरा गलत लाग्दालाग्दै पनि मानिदिएको र केही कुरा पार्टीमा लागू गरिदिएको पनि मुकुलले स्पष्ट गरेका छन् ।

मुकुल भन्छन्– रविले देश बनाउने विश्वासमा गलत कुरा पनि मानेँ, आज सत्य बोल्दा कारबाही भयो ।
‘दुई वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ , मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ,’ मुकुलले लेखेका छन्, ‘कति कुरा गलत लाग्दालाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ । पेल्ने मान्छे म थिएँ वा केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो भन्ने कुरा बुधबारको बैठकले छर्लङ्ग पारेको छ ।

सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग सरकारमा जाने सहमति गरेर आइसकेपछि रविले देश बनाउने विश्वासमा उनलाई साथ दिए पनि सरकारमा पुगेपछिका कुराहरुका कारण शंका उब्जिन थालेको ढकालले धारणा व्यक्त गरेका छन् ।
‘सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शंका लाग्यो– यो मान्छेले देश बनाउँछ वा बनाउँदैन रु मैले मलाई जनताले जे भने त्यही बोलिदिएँ,’ मुुकुलले लेखेका छन्, ‘मैले सोचें सभापति कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनपर्छ , नेता होइन, राजनेता बनाउनपर्छ तर त्यो गलत साबित भयो । उनले सरकारमा हुँदा प्रतिवेदनहरु लुकाएको देखेर मिडियाबाजी गर्न आफू बाध्य भएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय