आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । उनले भनिन्, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठकमा सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चामा कुनै सत्यता नभएको विषयको ब्रिफिङ गर्नुभयो । ओलीजी र मेरो छलफल भएको छ । बाहिर असमझदारी बढ्यो भनेर आएका कुरा असत्य हुन् यो गठबन्धन लामै समय जाने जानकारी गराउनुभएको छ । मन्त्री शर्माले अहिले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको जिकिर गरिन् ।













