राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अहिले चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको सबलीकरणका लागि केन्द्रीय सचिवालयद्वारा प्रस्तावित विविध एजेन्डामाथि छलफल भइरहेको उनले बताए । केही समय अघि महिला संगठनको अध्यक्ष बाट अन्जना रावलले दिएको राजिनामाका सम्बन्धमा पनि नेताहरुले कुरा उठाउने तयारी गरिरहेको राप्रपा स्रोतले बताएको छ ।

रावलको पक्ष र विपक्षमा यतिबेला राप्रपाका नेता कार्यकर्ताहरुले सामाजिक संजाल मार्फत आफ्नो धारणा लेखिरहेका छन ।

जुन राप्रपाको टाउको दुखाईको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय