नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा र एमाले अध्यक्ष तथा पुर्वप्रधानन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। ओली निवास बालकोटमा शनिबार उनीहरूबीच भेटवार्ता भएको हो। बालकोट स्रोतका अनुसार कांग्रेस सभापति देउवा पत्नी आरजु सहित ओलीलाई भेट्न बालकोट पुगेका हुन ।

उनीहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भएको स्रोतको भनाइ छ। राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले नेतृत्वको सरकार बन्नुपर्ने बहस भइरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
माओवादी केन्द्रले निर्वाचनमा काङ्ग्रेस सग गठबन्धन गरेको थियो । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचनलगत्तै एमालेको समर्थनबाट प्रधानमन्त्री बनेका थिए। राष्ट्रपतिको निर्वाचनअघि एमाले लाई छोडेर दाहाल कांग्रेससग गठबन्धन गर्न पुगेका थिए। काङ्ग्रेस सगको गठबन्धनमा उकुसमुकुस भएको भन्दै प्रधानमन्त्री दाहाल फेरि पुरानै गठबन्धन अर्थात् एमालेसँग सहकार्य गर्न पुगेका छन् । प्रधानमन्त्री दाहालले पालैपालो काँध फेर्दा राजनीतिक स्थायित्व नहुने भन्दै शीर्ष नेतृत्वको चर्को आलोचना हुँदै आएको छ। यद्यपि, प्रधानमन्त्री दाहालले एमालेसँगको सहकार्य ५ वर्ष जाने बताइरहेका बेला देउवा ओलि भेटले राजनितिक वृत्तमा भुकम्प गएको छ। एमाले नेताहरूले पनि आफूहरूले यही गठबन्धनलाई निरन्तरता दिने बताउँदै आएपनि ओलि पछिल्लो समय सरकारको कामकार्वाही प्रती सन्तुष्ट छैनन् । उनले सार्वजनिक कार्यक्रममै सरकारको आलोचना गरेका थिए भने बजेटमा पनि एमाले नेताहरुले गठबन्धनको आभास नभएको संसदमै बताउदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय