काठमाडौ ।
राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन नुवाकोट क्षेत्र नम्बर -१ ले राष्ट्रिय धानदिवस तथा दहिचिउरा खाने दिन (असार १५) को उपलक्ष्यमा शुभकामना आदानप्रदान, धान रोपाइँ सहित साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

पुर्वकृषिमन्त्री समेत रहेका राप्रपा निर्देशन समितिका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम लाई सम्बोधन गर्दै डा. लोहनीले आजको दिनले माटो, पानी र मानवको अन्तर सम्बन्ध कति प्रगाढ छ भनेर पुष्टि गरेको बताए । उनले प्रकृति र मानवको अन्तर सम्बन्धको बयान गरेर नसकिने भन्दै पछिल्लो समय प्रकृति माथी मानवले गरिरहेको दोहन चिन्ताजनक भएको प्रष्ट पारे ।

आज हामी उब्जाउ जमिन मास्दै छौं , क्षणिक कमाइ र सन्तुष्टिका लागि जथाभावी प्रकृति मास्ने काममा लागेका छौं , छिटो पैसा कमाउने नाममा जथाभावी प्लटिङ गरिएको छ जुन कुराले हामीलाई दीर्घकालीन असर गर्छ यसतर्फ सबै समयमै सचेत बन्नुपर्छ भन्दै उनले सबैलाई गम्भीर बन्न अनुरोध गरे ।
एक फरक प्रसङ्गमा उनले कुनैबेला हामी दक्षिण कोरिया, बङ्लादेश , भारत र पाकिस्तान जस्ता देशलाई धान/ चामल बेच्थ्यौ तर अहिले यो कुरा सपना जस्तो भएको छ । अहिले हामी वार्षिक ४०/५० अर्बको धान/चामल आयात गर्छौं किन ?यो आफुलाइ अग्रगामि भन्नेहरुले सत्ता संचालन गरेर नेपालीहरु लाई दिएको उपहार हो ।

सत्ताको चरम दुरुपयोग अनि आत्मा केन्द्रित सोचको उपज भएको बताए ।
सरकार किसानलाई समयमै मल बिउँ दिने कुरा , मल कारखाना खोल्ने कुरा, किसानको खेतमा सिचाइ पुर्याउने कुरा, कृषिमा आधुनिक प्रविधि भित्राउने कुरा सोच्दैन मात्र कसरी कमिसन खाने, आफ्ना मान्छे लाई आकर्षक ठाउँमा नियुक्ति कसरी दिने अनुदानको नाममा आफ्ना नेताकार्यकर्ता लाई कसरी पोस्ने यो भन्दा फरक सोच छैन भन्दै यी कुरालाई भर्खरै सरकारले ल्याएको बजेटले पुष्टि गरेको स्पष्ट पारे। आजको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तथा युवानेता जनक पाठकले स्वागत मन्तव्य व्यक्त गरे ।

शुभकामना आदानप्रदान कार्यक्रममा राप्रपा नुवाकोटका केन्द्रीय नेताहरु जिल्ला स्तरीय नेता तथा भातृ संघसंगठनका नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय