राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनसँग नेपालका लागी बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गरेका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर राजदूत फेनले अध्यक्ष लिङ्देनसँग आज भेट गरेका हुन्।


भेटमा नेपाल– बेलायत सम्बन्ध, राप्रपाका एजेण्डा लगायत विविध समसामयिक परिस्थितिका बारेमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राजदुतसँगको भेटका क्रममा अध्यक्ष लिङ्देनले ब्रिटिश गोरखा सैनिकको पेन्सन लगायतका विषयका सम्बन्धमा देखिएका समस्या र त्यसको समाधानका विषयमा जिज्ञासा राखेका छन। प्रत्युत्तरमा राजदूत फेनले गोर्खा सैनिकको समस्या समाधान गर्न ब्रिटिश सरकार गम्भीर र सकारात्मक रहेको बताएका छन।











