सुर्खेत । कालिकोट जिल्लामा रहेको श्री पञ्चदेवल माध्यामिक विद्यालयमा तालाबन्दी गरिएको छ । बिहीबार पञ्चदेवल माध्यामिक शिक्षा सुधार संर्घष समितिले बिधालयमा तालाबन्दी गरेको हो ।

संर्घष समितिले विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाइ भएको पहिलो माग राखेको खाँडाचक्र नगरपालिका—१ कालिकोटका सामाजिक अभियन्ता हिक्मतजंग मल्लले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यकाल सकिएको लामो समय भइसक्दा पनि नयाँ व्यवस्थापन समिति गठनको प्रक्रियामा अगाडि नबढाइ ढिलाइ गर्दा विद्यालयको प्रशासनिक कामकाजहरु ठप्प भएको भष्टाचार , अनियमितता बढेको शैक्षिक वातावरण तहसनहस भएको आरोप गलाउदै अनिश्चितकालका लागि तालाबन्दी गरिएको अभियन्ता मल्लले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाँडाचक्र नगरपालिकाका उप–प्रमुख गणेश बहादुर शाही हुन् । उनको कार्यकाल सकिएको ४ महिना बितिसक्दा पनि नयाँ समिति गठन नहुँदा प्रक्रिया अगाडि नबढेको भन्दै तालाबन्दी गर्न बाध्य भएको अभियन्ता मल्लले बताए ।
विद्यालयको कार्यालय ढोकामा विभिन्न नाराहरू टाँसिएका छन् । जसमा बाहिर भने एउटा भवनमा ५० हजारको रङरोकन, भित्र विद्यार्थीहरूको चित्कार र आत्मा रोदन, विद्यालयमा विद्यार्थीलाई पानीको प्यास लुटेर खानेहरूलाई ४ लाख ४० हजारको नास्ताको र र्‍यास,
अस्त व्यस्त बनाउने कहाँबाट ध्वाँसो धुसो, अडिट पत्र, विद्यालय व्यवस्थापन समिति पत्र चपाउने कोहो मुसो, खानेपानी, शौचालय छैन् विद्यार्थीको एउटै माग,जाबो एउटा सोफा किन्न ५० लाख, घोटालामा लाखौँ साटासाट बर्खा लाग्यो, चुहिने भवन विद्यार्थीको उठीबास जस्ता नाराहरू संघर्ष समितिले टाँसेको छ ।
विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले भने विद्यालयमा परीक्षा चलिरहेकाले परीक्षा बन्द हुने गरी विद्यालयमा तालाबन्दी गरिएको विषयमा आफू गम्भीर भएको बताएका बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय