मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको बजेट पुनर्लेखन गर्ने भएको छ । मुख्यमन्त्री सतिस सिंहले कर्मचारीहरुको कारण बजेटमा गडबढी भएको सार्वजनिक गरेको केही दिन नबित्दै सरकारले बजेट पुनर्लेखन गर्न लागेको हो ।

प्रदेश सांसदका धेरै योजनाहरू छुटेपछि सर्वदलीय बैठकको सुझाव अनुसार सरकारले (रेडबुक) मा बजेट थप्ने तयारी गरेको हो । बजेट नै पास नहुने छाँटकाट देखिएपछि मुख्यमन्त्री सिंहले बजेटमा भएको त्रुटिबारे सुझाव लिन बिहीबार सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा सांसदहरूको इच्छा विपरीत योजनाहरू राखिएको सत्तारुढ तथा प्रतिपक्षका दलका नेताहरू गुनासो गरेका थिए ।
बैठकमा व्यापक विरोध भएपछि मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीहरूबाट त्रुटि भएको स्वीकार गर्दै बजेट सच्याउन तयार रहेको बताएका थिए । त्यसपछि (रेडबुक) मा छुटेका योजनाहरू थप्न आन्तरिक रुपमा मौखिक सहमति भएको नेताहरुले बताएका छन् । यता मुख्यमन्त्री सिंहले भने बजेटमा त्रुटिभएको स्वीकार गर्दै सर्वदलीय बैठकमा भएको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय