२०८० चैतमा लिइएको एसईई परीक्षाको नतिजा असार १३ अर्थात बिहिबार बिहान राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई परिक्षाको नतिजा उत्साहपुर्ण देखिएन । परीक्षा दिएका विद्यार्थीमध्ये आधा भन्दा बढी ५२.१४ प्रतिशत अर्थात् अधिक संख्या (ननग्रेडिङ) मा परे ।

विहीबार प्रकाशित नतिजा अनुसार एसईई परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ६५ जना विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना अर्थात् ४७.८६ प्रतिशत मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । बाँकी २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी ननग्रेडिङमा परेका छन् । यीमध्ये १ लाख १५ हजार ८ सय ३४ जना विद्यार्थी दुई विषयमा फेल भएका छन् ।राष्ट्रिय परीक्षा बोर्डले नयाँ पाठ्यक्रममा आधारित रहेर लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार एसईईको नतिजा प्रकाशन गरेको हो । उक्त निर्देशिकाअनुसार एसईईमा उत्तीर्ण हुन विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अर्थात १.६ जीपीए अंक ल्याउनुपर्ने हुन्छ ।

कुनै पनि विषयमा तोकिएको अंक नल्याउने विद्यार्थी ननग्रेडिङमा पर्छन्, जसलाई बोर्डले ग्रेडसिट समेत उपलब्ध नगराउने नीति लिएको छ । दुई विषयसम्म ननग्रेडिङमा पर्ने विद्यार्थीले तत्काल ग्रेडवृद्धिको परीक्षामा सहभागी हुन भने पाउँछन् ।

शिक्षाविद्हरुले प्रकाशित नतिजाले विद्यार्थीको अध्ययन क्षमता भन्दा पनि शैक्षिक प्रणालीमाथि नै प्रश्न उठाएको प्रतिक्रिया दिएका छन । विद्यालयमा १० वर्षसम्म अध्ययन गरेर एसईई परीक्षामा सहभागी हुँदा आधाभन्दा बढी विद्यार्थी (फेल) हुने शिक्षा प्रणाली असफल भएको शिक्षाविद्काके दाबी छ ।

शिक्षाविद्ले बहुमत पुर्‍याउन नसक्दा सरकार फेल हुने तर, बहुसंख्या विद्यार्थी फेल हुँदा कोही फेल हुनु नपर्ने दुःखलाग्दो अवस्था भएको बताएका छन् ।

‘संसद्‍मा बहुमत नपुग्दा सरकार ढल्छ, खै त हाम्रो सरकार त नढल्दो रहेछ नि? बहुमत विद्यार्थी त फेल भएको हो नि, बहुमत फेल हुँदा त जानुपर्ने हो? बहुसंख्य विद्यार्थी फेल हुनु भनेको हाम्रो प्रणाली नै फेल भएको हो? यो पहिलो पटक होइन, हामी कहिल्यै पनि उँभो लाग्न सकिरहेका छैनौं उनिहरुको दाबी छ ।

गत शैक्षिक सत्रको एसईई परीक्षामा २६.८६ प्रतिशत विद्यार्थीले ०.८० देखि १.६ प्रतिशत जीपीए ल्याएका थिए । गत वर्षमा १ लाख १३ हजार ३१३ जना विद्यार्थीहरु ग्रेडवृद्धिको परीक्षामा सहभागी भएका थिए ।

‘विद्यालय खोल्यो, शिक्षकहरूले जागिर खाए, प्राध्यापकहरूले जागिर खाए, जागिर खानेभन्दा बढी काम गरेनौं हामीले, यही नतिजाका लागि शिक्षा मन्त्रालय, परीक्षा नियन्त्रण प्रणाली लगायतमा खर्च किन चाहियो ? यदि ५२ प्रतिशत विद्यार्थी फेल नै हुने हो भने । पछिल्लो समयमा सबैजसो विषयहरुमा प्रयोगात्मक परीक्षाको नम्बर पनि जोड्ने गरिएको छ । अधिकांश विद्यालयहरूले प्रयोगात्मक शिक्षालाई पनि तुलनात्मक रुपमा जोड दिँदै गएका छन् । सबैजसो विषयमा प्रयोगात्मक नम्बरको व्यवस्था हुँदा पनि विद्यार्थीले परीक्षामा अंक सुधार गर्न नसकेको  शिक्षाविद्हरुको दाबी छ ।

 

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले भने विद्यार्थीको फेल हुने संख्या बढ्दोरुपमा देखिनुमा पढ्ने र पढाउने दुवै काममा कमजोरी रहेको धारणा व्क्त गरे ।

राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्षको एसईई परीक्षासम्म अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि २०७२’ कार्यान्वयन गर्दै आएको थियो । जसमा ई ग्रेडसम्म अंक ल्याएका विद्यार्थीले पनि ग्रेडसिट पाउन सक्थे, तर अहिले लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू भएपछि ननग्रेडिङमा परेका कुनैपनि विद्यार्थीले ग्रेडसिट पाउन सक्दैनन् ।

शिक्षाविद् डा.विद्यानाथ कोइरालाले भने शिक्षकहरूलाई जिम्मेबार र सक्षम बनाउन अहिले राज्यको कुनैपनि निकायले भूमिका नखेलेको भन्दै त्यो आवश्यक भएको बताएका छन् । शिक्षकहरूलाई जिम्मेवार बनाउन संघीय सरकार, प्रदेश र स्थानीय सरकार कसैले पनि चासो नदिएको झन स्थानिय सरकारहरुले त आफ्ना मान्छे छानेर राख्न खोज्दा शैक्षिक प्रणली नै ध्वस्त बनेको आरोप लगाए । गति हुदापनि कोहीकसैले जिम्मेवारी लिएनन्, शिक्षा प्रणालीभित्रको महत्वपूर्ण अंश शिक्षक र विद्यार्थी भएकाले शिक्षकले राम्रोसँग नपढाएको र विद्यार्थीले राम्रोसँग नपढेको कारणले नै यस्तो नतिजा आएको तर्क अघि सारे। उनले शिक्षकले अध्यापनमा राम्रो कला प्रयोग गरेको भए राम्रा नतिजा आउने बताए ।

‘प्रणालीमा जहिले पनि मूर्त भनेको शिक्षक, विद्यार्थी, पाठ्यपुस्तक, पाठ्यक्रम र पैसा हुन्छ, विद्यार्थी र शिक्षक फेर्न मिल्दैन, पाठ्यपुस्तक र पाठ्यक्रम फेर्न ५ वर्ष लाग्छ । उनले भने, अब फेर्ने भनेको शिक्षण कला हो, पढाउने तरिका हो यति गरे नतिजा राम्रो आइहालछ ।

तर, नेपालमा भने मनलाग्दी आधारमा परीक्षा प्रणाली नै परिवर्तन गर्ने गलत अभ्यास गर्ने गरिएको उनले बताए । शैक्षिक प्रणालीमा भएको कमजोरी नखोजेर एसईईमा परीक्षा प्रणालीमा परिवर्तन गर्दा पनि नतिजा थप नकारात्मक आएको देखिएको छ । अहिलेको नतिजाले अधिकांश विद्यार्थी गणित, विज्ञान र अंग्रजी विषयहरुमा अनुत्तीर्ण भएको देखाएको छ । ती विषयहरूमा ठूलो संख्यामा विद्यार्थी फेल हुनुमा आवश्यक जनशक्ति अभावदेखि धेरै कारणहरू रहेको शिक्षाविद् प्रा.डा. विष्णु कार्की बताउछन ।
‘विद्यार्थीको लागि चाहिने गणित, विज्ञान र अंग्रेजी जुन मुख्य विषय हुन्, त्यसमा हामीसँग पर्याप्त तालिमप्राप्त जनशक्ति नै पाइएको छैन, यसमा हामीले शिक्षकहरूलाई आकर्षण गर्नै सकेनौँ’, उनी भन्छन्, गणित , अङग्रेजी र विज्ञान जस्ता विषय जानेको मान्छे अन्यत्र गइहाल्छ, यसलाई आकर्षक बनाएर अगाडि बढ्ने विषयमा हामी कोही लागेनौँ । अझै सरकार गम्भिर नहुने हो भनी शिक्षा खस्कदै जाने कुरामा दुईमत नभएको शिक्षाविद्हरुको दाबी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय