३७ औं “लागु औषध दूरुपयोग एवं ओसार पोसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस तथा यूवा सहयोगी समूह (The Recovering Group) पुनःस्थापना केन्द्रको १९ औ बार्षिक उत्सव” भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष दिपक कुमार उप्रेतीज्यूको सभापतित्व र बुढानिलकण्ठ नगरपालिकाको नगर उपप्रमुख श्रीमती अनिता लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रम लाई बुढानिलकण्ठ नगरपालिका वडा ६ का वडा अध्यक्ष रबि खड्का, वडा सदस्य मेनुका भुसाल समाजसेवी तथा बुद्धिजीवीहरू, शिक्षाप्रेमिहरु , विकासप्रेमीहरुका साथै विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र सोहि संस्थामा उपचाररत व्यक्तिका आफन्त तथा परिवारजनहरुका साथै महाराजगंज प्रहरी वृत्तका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (DSP) अमर थापा बुढानिलकण्ठ प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरीक्षक श्री योगराज खतिवडा ज्यूको उपस्थिति रहेको थियो । संस्थाको सहसचिव सुरेन्द्र तामाङले दुर्व्यसन संबन्धी, यसको न्यूनीकरण, रोकथाम र यसबाट बच्ने उपायहरू बारे आफ्ना विचारहरू राखेका छन । यसैगरी अतिथिहरुले दुर्व्यसनमा युवाहरु फस्तै गएको प्रती चिन्ता व्यक्त गर्दै समयमै रोकथाम गर्नुपर्ने कुरामा जोड दिए ।


कार्यक्रमका सभापति दिपक कुमार उप्रेतीले दुर्व्यसन र यसका असरहरु बारे, ३० बर्षे आफ्नो दुर्व्यसनी जीवनको बारेमा चर्चा गरे । उनले आफ्नो संस्था नाफामुखी नभई सेवामूखि भएको धारणा राखे । कार्यक्रमलाई संस्थाका काउन्सिलर काउनसेलिङ्ग साइकोलोजिस्ट मनिष पाठकले संचालन गरेका थिए ।











