प्रतिनिधि सभाको मंगलबारको बैठकमा परराष्ट्र मन्त्रालयअन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जबाफ दिने कार्यक्रम थियो परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ इरान गएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले परराष्ट्र मन्त्रालयको पनि कार्यभार सम्हालेका थिए। त्यसैले प्रधानमन्त्री दाहाल सांसदहरूका प्रश्नमाथि जबाफ दिन रोस्टममा पुगे।
प्रधानमन्त्री दाहालले दिएका जबाफमा चित्त नबुझेर सांसदहरूले थप प्रश्नसमेत सोधेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालमा प्रधानमन्त्री र सरकार छ कि छैन भन्ने प्रश्न सोधे ।
नेपाल सरकारको विश्वास नभएर नै हुनुपर्छ , रुसी सेनामा अलपत्र नेपालीहरूले भारत सरकारको सहयोग मागेको प्रसंग सुनाउँदै उनले रुस–युक्रेन युद्धमा गएका नेपालीलाई स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए।
‘नेपालमा प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न, सरकार छ कि छैन। प्रधानमन्त्री हुनुहुन्न भनौं भने हाम्रै अगाडि बस्नुभएको छ। यदि हुनुहुन्छ भने २८ फागुन २०८० मा सन्तोषकुमार श्रेष्ठसहित ३ जना रुसी सेनामा अलपत्र परेका नेपालीले भारतीय सरकारसँग उद्धारका लागी सहयोग मागेका थिए, शाहीले भने, ४२ जना मानिसको मृत्यु भइसकेको र १०० बढी घाइते छन्। एक हजार बढी सहभागी रुस–युक्रेन युद्धमा छन्।
युद्धमा रहेका नेपालीलाई उद्धार गर्न नसक्ने , आफ्ना नागरिकको रक्षा गर्न सक्दैन भने त्यो सरकार के को सरकार ? यो सरकार हुनुको आवश्यकता छ जस्तो लाग्दैन ? उनले भने, सरकार लाई महसुस छ भने ती नागरिक कहिले ल्याउने ? भन्दै प्रश्न गरे ।
‘ सिर्फ झण्डा हल्लाउन र कुर्सीका लागि मात्रै प्रधानमन्त्री बनेको भए बधाई नत्र जबाफ चाहियो भन्दै आक्रोशित शाही सहीतका सांसदहरूका प्रश्नको जबाफ दिन रोस्टममा पुगेका प्रधानमन्त्री दाहालले ज्ञानेन्द्र शाही सदनमा रहे, नरहेको खोजे । नेपालमा प्रधानमन्त्री छ कि छैन भन्ने प्रश्न गर्ने माननीय यहीँ हुनुहुन्छ कि जानुभयो ? भन्ने प्रधानमन्त्री दाहालको भनाइ थियो।
त्यसपछि ज्ञानेन्द्र शाहीले छु भन्दै हात उठाएका थिए। यसपछि प्रधानमन्त्री दाहालले जबाफ दिन सुरू गरे।
‘नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ,’ दाहालले भने, सरकारले पठाएर नेपाली नागरिक रुसी सेनामा त गएका होइनन्।’
प्रधानमन्त्री दाहालले राति १२ बजे पनि रुस–युक्रेन लडाइँमा रहेका नेपालीहरूसँग आफूले कुरा गर्ने गरेको बताए।
मोर्चामा भएका, लडाइँ लड्दै गरेका नेपालीहरूसँग राति १२ बजे फोनमा कुरा गर्ने गरेको छु। उनीहरूलाई फिर्ता ल्याउन राय लिएको छु, प्रधानमन्त्री दाहालले भने, त्यस्तो प्रधानमन्त्री तपाईं कुनै दिन हुनु भएछ भने तपाईंले कति गर्नुहुन्छ म हेर्न चाहन्छु भन्दै शाही लाई व्यङगे गरे ।











