काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगर प्रमुख बालेन शाहको सिंहदरबार जलाउने महानगर डुबाउने अभिव्यक्ति राम्रो नभएको बताएकी छिन् ।
काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गर्ने र पारित गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । सिंहदरबार जलाउनु भन्नु ठिक हैन भने काठमाडौंको दरबार जलाउनु भनेर बोलिनु पनि आज ठिक भएन, जलाउने बिगार्ने भत्काउने दुःख दिने झगडा गर्ने द्धन्द गर्ने बाटोमा हामी नलागौं, उनले भनिन् ।

पदको मर्म बुझेर अभिव्यक्ति राख्नुपर्ने उनले स्पष्ट पारिन । काठमाडौ लाई देश भरिकै उदाहरणीय महानगर बनाउनु पर्ने उनले बताइन । एक अर्काले अस्तित्व स्विकार नगर्ने हो भने विकास हैन विनास निश्चित रहेको उनले धारणा व्यक्त हुने गरिन ।











