प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संसदीय समितिहरूलाई अनुमति विना गैरसरकारी संस्थाको कुनैपनि प्रकारको सहयोग नलिन निर्देशन दिएका छन् । आइतबार एक गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको थियो ।

मंगलबार सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहालको तर्फबाट पत्र जारी गर्दै संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी एवं अनुमति विना सहयोग नलिन निर्देशन दिएका हुन् । संसद्को संस्थागत जानकारी एवं अनुमति विना कतिपय गैरसरकारी संस्थाहरूले संसदीय समिति तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सांसदहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पर्ने गरेको गुनासोहरू आइरहेकाले ध्यानाकर्षण गराइएको पत्रमा भनिएको छ ।

संसद् सचिवालयले सहयोग नलिन यसअघि पनि पटकपटक सतर्क गराएको भएपनि कार्यान्वयन भने हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय