नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको बनेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा प्रतिनिधिसभामा बोल्दै उनले बजेटमाथि असन्तुष्टि पोखेका हुन । मैले सोचेको थिएँ सरकार फेरियो, सत्ता समीकरणको प्रतिबद्धता पनि फेरियो । अर्थमन्त्रीले भन्नुभयो छलाङ हानिन्छ, शीर्षक हेर्छु, विनियोजित रकम हेर्छु छलाङ, जसको हातमा डाडुपन्यु त्यतैतिर हानिएको छ उनले भने ।
के यो १५औं पञ्चवर्षीय योजना सम्पन्न गर्नेगरी आयो ? १६औं योजनाको लक्ष्य भेट्नेगरी आयो ? ५ लाख पनि बजेट छुट्याइएको छ, शीर्षक छ, बजेट छैन यो के गरेको भन्दै बास्कोटाले अर्थमन्त्री लाई प्रश्न तेर्साय ।

बजेटमा सत्ता समीकरणको कतै छनक नदेखिएको उनले स्पष्ट पारे ।
उनले प्रत्यक्ष निर्वाचन लडेर तल हुने नहुने सारा सपना बाँडेर घोषणापत्र हेरेर बोलेर आइयो । के हामी यहाँ ढाटको मानु पचाउन बोल्नुपर्ने ? सत्ता समीकरणको पनि छनक छैन । तीतो भए होस्, सत्य यही हो । भेट्न र कुरा गर्न पाइएन । बजेट त लक हुन्छ नै मन्त्रालयको ढोका पनि लक भए । दुश्मनै त होइनौं होला हामी पनि ?
नयाँ सत्ता समीकरणपछि आशावादी भए पनि अत्यन्त उत्साह र हौंसिने अवस्था नभएको सांसद बास्कोटाले गुनासो गरे ।











