नेकपा एमाले लिखुपिके गाउँपालिका कमिटीको अध्यक्षमा हिक्मत बहादुर बस्नेत सर्वसम्मतिले निर्वाचित भएका छन ।
लिखुपिकेमा सम्पन्न दोस्रो अधिवेशनबाट बस्नेतको अध्यक्षतामा ३९ सदस्यीय नेकपा एमाले लिखुपिके गाउँपालिका कमिटी चयन गरिएको नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नुतन श्रेष्ठले बताए ।

उपाध्यक्षमा गेलु छिरी शेर्पा, सचिवमा तेज बहादुर बस्नेत, उप सचिव महिलामा प्रेम कुमारी कार्की र उपसचिव खुलामा चूल बहादुर कार्की सर्वसम्मत निर्वाचित भएको एमाले सोलुखुम्बुले जनाएको छ ।
अधिबेशनमा केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज किशोर अधिकारी , प्रदेश कमिटी सदस्यहरु महेश किराँती , चलित्र भुजेल , उत्तम बस्नेत जिल्ला अध्यक्ष डुफ कुमार बास्तोला लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।



नेकपा एमाले लिखुपिके गाउँपालिका कमिटीको अध्यक्षमा हिक्मत बहादुर बस्नेत सर्वसम्मतिले निर्वाचित भएका छन ।







