राप्रपाले भर्खरै जेठ १५ मा आफ्नो स्थापनाको ३४ औं  वार्षिकोत्सब मनाएको छ। आफ्नो स्थापनाको ३४ वर्षमा राप्रपाले निकै उतारचढाव व्योहोर्दै आज एक सशक्त दलको रुपमा आफुलाइ स्थापित गरेको छ ।
आज राप्रपा सडक र सदनमा आफ्ना प्रतिस्पर्धि हरुलाइ खुल्ला चुनौती दिने दलको रुपमा उदाएको कुरामा दुइमत छैन ।

आज व्यवस्था परिवर्तनको नाममा परिवर्तनकारि हरुले मुलुक लाई भ्रष्टाचारको अखाडा वनाएका छन । राजनीतिक भागबन्डाको कारण मुलुक थिलथिलो बनेको छ। वैदेशिक हस्तक्षेपको कारण हाम्रो स्वाभिमान गुमेको छ। आर्थिक सुचांकहरु सकारात्मक दैखिदैन। हाम्रो आस्था र पहिचान गुमेको छ। नाम मात्रको सुशासन छ ।
कानुनी राज्य कागजमा सिमित छ । जनजिविकाका सबालहरु गौण भएका छन।
यो परिवेशमा मुलुक लाई जोगाउन फरकधारमा रहेको राप्रपाबाहेक अरुले सक्दैनन ।
जनता लाई जगाउदै व्यापक आन्दोलन मार्फत यो व्यवस्था फाल्न राप्रपा ले नेतृत्व गर्नु पर्छ। जुन कुराको विकल्प छैन ।
जनता परिवर्तनको पक्षमा छन् । यसको निर्णायक नेतृत्व राप्रपाले गरोस भन्ने आम चाहना र अपेक्षा पाइन्छ ।
संविधानमा अभिव्यक्त भावना अनुरुप जनताको हित र अधिकार संरक्षणको लागि सरकार केन्द्रित हुनुपर्छ भन्ने चिन्तनबाट शासकहरु च्युत भएका छन्।
कुरा अग्रगमन, व्यवहारमा लुट आजको यथार्थ हो। सत्तालाई अधिकारको दुरुपयोग गरि संस्थागत कुत असुल्ने अखडा बनाइदैछ ।

फलस्वरूप सत्तामा जान दलहरु जस्तोसुकै हतकन्डा गर्न तयार छन् । देशको प्रधानमन्त्री आफू बाचुन्जेल उथलपुथल गरि रहन्छु भन्दै सत्तास्वार्थको लागि जस्तोसुकै गठबन्धन गर्न तयार छन । सत्ताको लागि पैसा, पैसाको लागि भ्रष्टाचार । यहि गोलचक्कर भित्र आज मुलुक फसेको छ। यो सवै परिवेशबाट मुलुकलाई निकास दिने दल राप्रपा बाहेक छैन। तर राप्रपा किन सुस्त छ गम्भीर प्रश्न र शंका खडा भएको छ  ?

यो चिन्तनको परिवेशमा देशभरिका कार्यकर्ताले राप्रपाको उन्नतीको बाधक पुरानो पुस्तालाई ठानेर नया नेतृत्व समेत स्थापित गरे। राप्रपाको लोकप्रियता दिनानुदिन बढदो छ । यसमा गोलवद्द हुनेको संख्या बढिरहेछ । अझ बढ्नेछ तर नयाँ नेतृत्व किन सुस्त देखिन थालेको छ। आन्तरिक व्यवस्थापनमा चुस्तता छैन। आन्तरिक व्यवस्थापनमा चुस्तता ल्याउन सकिएन भने हाम्रो लोकप्रियता कमजोर नहोला भन्न सकिन्न।

राजा, धर्म, संस्कृति, कुल परम्परा मान्ने यत्रो वर्गको साथ हामीलाई छ । पञ्चायत व्यवस्थामा काम गरेका बहुदलीय व्यवस्थालाई समेत नेतृत्व दिएका क्षमता र दक्षवान, निष्कलंक नेताहरु एक भएर उभिएका छन् तर पनि किन राप्रपा उठन नसक्ने ?
संसदमा १५,२० सिट हुने चार जना मन्त्री वन्ने राप्रपाको लक्ष हो र ?
आफूभन्दा फरक मत राख्नेलाई निषेधको राजनीतिले व्यवस्थामाथि नै आक्रोस बढ्दो छ । यो परिवेशमा राष्ट्रियताको जगलाई सुदृढ तुल्याउन, राष्ट्रको मौलिक पहिचानको पर्याय रहिआएको धर्म संस्कृतिको जगलाई मजवुद बनाउन, राष्ट्र निर्माणमा उल्लेख योगदान दिँदै आएको राजसंस्था पुनःस्थापना गर्न अब राप्रपाले विलम्ब नगरी निर्णायक आन्दोलनको नेतृत्व गर्नुपर्छ ।

नेतृत्वको छाति कुखुरे हुनुहुँदैन । चौडा र विशाल छाति लिएर तेरो–मेरा नभनी मन खोलेर अगाडि बढ्नुपर्छ ।घर घुमेर कानभित्र छिर्ने,प्रवृत्ति प्रति नेतृत्व चनाखो हुनुपर्छ।जसले नेतृत्व लाई देवत्वकरण गर्छ त्यसले विनास निम्ताउछ।यो विगतको उदाहरण हो यसलाई नेतृत्वले वुझ्नु पर्छ।
नेतृत्वमा छलकपट, जालझेल रहनुहुन्न । यो इतिहासले दिएको अन्तिम अवसर पनि हो । यसको सदुपयोग गरी राप्रपालाई आन्दोलन मार्फत राष्ट्रिय राजनीतिमा नेतृत्वदायी दलको रुपमा स्थापित गराउन नसके भावी पुस्ताले माफी गर्ने छैन।नया पुस्ताले नेतृत्व गरेको नवीन राप्रपा भित्र सवैको राजनीतिक भविष्य सुरक्षित हुनु पर्छ।

यसतर्फ वर्तमान नेतृत्वले ध्यान दिनुपर्छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, गौरवशाली इतिहास, राष्ट्रिय चरित्र, कला, संस्कृति, भाषा र भेष
संरक्षणको लागि शिक्षा, स्वास्थ, रोजगारी, यातायात, आवास, पिउने पानी, जिउधनको सुरक्षा, महंगी नियन्त्रण र भ्रष्टाचारको विरुद्ध हुने अबको निर्णायक आन्दोलनको नेतृत्व राप्रपाले गर्नुपर्छ। यसको विकल्प देख्नै हुन्न । हेर्नै हुन्न । सुन्नै हुन्न ।
आन्दोलनको पृष्ठभूमिमा उभिएको राप्रपाले जतिजति आफ्ना आन्दोलित विचार अगाडि बढाउँछ । उतिउति जनसमर्थन पाउने निश्चित छ । यो कामको निमित्त कार्यकर्ताको मनोवल उचो हुनु जरुरी छ । अलोकप्रीय,कार्यकर्ताले अस्विकार गरेका व्यक्तिहरुको समूह वा झुन्डलाई लिएर गन्तव्यमा पुग्न सकिदैन ।
यो नेतृत्वले ख्याल गर्नु पर्छ।
यसरी अगाडि वढदा आउदो दिन राप्रपाको हो।यसमा शंका छैन । अन्यथा राप्रपामा आउने र हुने क्षति कसैले रोक्न सक्दैन ।।

जनकराज पाठक राप्रपाका निर्वाचित केन्द्रीय सदस्य हुन ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय