तनहुँ– पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केबलकारमार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन् । अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको कार्यकारी अधिकृत किरण पोख्रेलले बताए ।

बार्षिक ५ लाख यात्रुहरूले यात्रा गर्ने लक्ष्यको साथ सञ्चालित बन्दिपुर केवुलकार नेपालमा सञ्चालनमा आएको सातौ नम्बरको केबुलकार हो । करिब दुइ अरब पचास करोड रूपैयाको परियोजना लक्षित लगानी रहेको बन्दिपुर केवुलकार मुग्लिन देखि पोखरा राजमार्गमा अवस्थित छ । खैरेनी बजार तर्फ डुम्रे बजार भन्दा १ किलोमिटर वरै ठुलढुङ्गा भन्ने स्थानमा तल्लो स्टेशन रहेको केवुलकारको लम्बाइ १६१६ मिटरको रहेको कम्पनीले जनाएको छ

तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टियुभी’ प्रमाणपत्र प्राप्त भएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । ‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केबलकार सञ्चालनका लागि खुल्ला गरिएको उनले बताए । ‘केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने छ । यसले पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिएका छौँ’, अध्यक्ष शर्माले भने। बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकारचोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले व्यवसायीक सुरूवात गरेको अवसरमा सीमित समयका लागि ६० प्रतिशत छुटको अफर सार्वजनिक गरेको छ । बास्तबिक टिकट दर नेपालीको लागी ८०० रहने कम्पनीले जनाए पनि हाललाइ निम्नानुसारको टिकटदर कायम गरिएको र यस माथि सञ्चालन शुरूवातको अवसरमा ६० प्रतिशत छुट गरेको क मेनेजर रोमन श्रेष्ठले जानकारी गराए । तनहुँ जिल्लामै पहिलो पटक केबुलकार सञ्चालन भएको खबर पाएपछि आफुहरु केबुलका चढ्न आएको र केबुलकार चढ्दा छुट्टै अनुभव भएको केबुलकार चढेर फर्केका यात्रीहरुले बताएका छन् ।

कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् । प्रति घण्टा पाँच यात्रु बोक्न सक्ने क्षमता रहेको यस केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय