चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै बाट कारलाई ठक्कर दिदै रात्री बस त्रिशुलिमा खसेको छ । पृथ्वीराजमार्ग अन्तरगत फिस्लिङ र मौवाखोला बिचमा बिहान करिब ७ः३० बजेति दुर्घटना भएको हो । काठमाडौबाट मुग्लिनतर्फ आउदै गरेको बा प्र ०१–०२९ च ३७२० नम्बरको कार र नेपालगन्जबाट काठमाडौ जाँदै गरेको भे १ ख ४०६२ रात्री बस एक आपसरमा ठक्कर खाइ बस त्रिशुली नदी किनारमा खसेको हो । उक्त दुर्घटनामा कारमा सवार २ र बसका चालक गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीले जानकारी दिएकाछन् ।


दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले घाइतेहरुको तत्काल उद्वार गरि विभिन्न अस्पतालहरु पठाइएको र घाइतेहरु सबैको विस्तृत विवरण आइ नसकेको उन्ले बताए । घाइतेहरु मध्ये गम्भीर घाइतेहरुलाई भरतपुर अस्पताल लगिएको छ । बस त्रिशुली नदीमा डुब्नबाट चालकले जोगाएको हुँदा बसमा सवार अधिकांश यात्रु सामान्य घाइते छन भने चालक गम्भीर रहेका छन् ।











