काठमाडौं।

जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लगातार दोश्रो पटक त्रिपल बि प्लस रेटिङ पाएको छ। रेटिङ एजेन्सी केयर रेटिङ नेपालले गरेको वित्तीय सबलता मूल्याङ्कनका आधारमा रिलायबल नेपालले लगातार चाैथो पटक राम्रो र सन्तोषजनक रेटिङ स्तर पाएको हो ।

सर्वसाधारणका लागि  शेयर निष्काशन गरेको रिलायबल नेपालले अगस्त २०२१, अगस्त २०२२ मा त्रिपल बि रेटिङ तथा जुन २०२३ अनि जुलाई २०२४ मा त्रिपल बि प्लस रेटिङ पाएको जनाएको छ । त्रिपल बि को तुलनामा त्रिपल बि प्लस रेटिङले अझै सुदृढ वित्तीय अवस्थामा कम्पनी रहेको जनाउँछ । कमिशन र खर्च अनुपातमा नियन्त्रणसँगै लगानीमा प्राप्त प्रतिफलका कारण स्थिर नाफाले आर्थिक वर्ष २०७९।८० को सन्तोषजनक वित्तीय कारोबारले रेटिङको निरन्तरतामा बल पुगेको रेटिङ एजेन्सीले विज्ञप्तीमा भनेको छ ।

अघिल्लो आवमा यस इन्स्योरेन्सको बीमाशुल्क संकलन प्रथम बीमाशुल्क आम्दानीका कारण जीवन बीमा कम्पनीहरूको औसत बराबर रह्यो । रेटिङ एजेन्सीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार समिक्षा अवधिमा गत आर्थिक वर्ष २०८०।९१ मा तेश्रो त्रैमाससम्मको अवधिमा प्रथम बीमाशुल्क आम्दानीमा केही सुधार देखिएको थियो ।

अनुभवी सञ्चालक, व्यवस्थापन समिति, पर्याप्त पुनर्बीमा व्यवस्था र पर्याप्त शाखा सञ्जाल पनि यो इन्स्योरेन्सको सबल पक्षका रूपमा एजेन्सीले उल्लेख गरेको छ।

गत आवको चैत्र मसान्तसम्ममा कुल १५ अर्ब ६१ करोड ५० लाख रूपैयाँ लगानीमध्ये ७६ प्रतिशत रकम मुद्दती निक्षेपमा छ। यसले पर्याप्त तरलता सुनिश्चित गरेको देखाउँछ। औसत १०.७४ प्रतिशत प्रतिफल प्राप्त गरेको यो इन्स्योरेन्सले लगानीमाथिको प्रतिफललाई अघिल्लो आवको तुलनामा ६० प्रतिशतले वृद्धि गर्दै ९३ करोड ७० लाख रूपैयाँ पुर्‍याएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय