राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगम र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबिचको तिक्ततापूर्ण सम्बन्ध पुनः सतहमा आएको छ । निगमले विना अनुमति वाइडबडी ए३३०–२०० ९एन–एएलवाई’ जहाज मर्मतका लागि इटाली पठाएको भन्दै नियामक प्राधिकरणले मंगलबार कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित पाँच जना पाइलट तथा कर्मचारीलाई काममा प्रतिबन्ध लगाएको हो । हवाई सुरक्षा तथा नियामक पक्षलाई बेवास्ता गर्दै निगमले विना स्वीकृति जहाज मर्मत गर्न इटाली पठाएको प्राधिकरणले आरोप लगाएको छ । उड्डयन नियमको गम्भीर उल्लङ्घन गरेको भन्दै प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित क्याप्टेन महेश्वरमान डङ्गोल र रमन घिमिरे, अपरेसन डाइरेक्टर क्याप्टेन दीपु ज्वार्चन र एयर वर्दिनेस म्यानेजर ज्ञानबहादुर कुँवरलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीको ‘एकाउन्टेबल म्यानेजर’ पद खोसेको छ । जहाज उडाउने पाइलट र संलग्न कर्मचारीलाई अर्को निर्णय नभएसम्मका लागि काममा प्रतिबन्ध लगाइएको प्राधिकरणले जारी विज्ञप्तिमा भनिएको छ । तर, यता निगमले लगत्तै विज्ञप्ति जारी गर्दै प्राधिकरणको कारबाहीप्रति आपत्ति जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय