सिन्धुली ।
मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट(घुर्मी ) सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
पहिरोले गोलञ्जोर गाउँपालिका– ६ हैवारबेंसी नजिकको अक्करेभिर, गोलञ्जोर –१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौं सवारीसाधन तथा यात्री बाटोमै अलपत्र परेका छन् ।

त्यस्तै गोलञ्जोर– १ कुडुलेमा प्र–२–०३–००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । सडक अवरुद्ध भएको स्थानमा स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ ।











