सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर– २ मा रहेको श्री बुद्ध माबि राजनितिको चरम चपेटामा परेको खुलासा भएको छ । आर्थिक चलखेल कार्यकर्ता भर्ति तथा नातेदारहरु लाई जागिर खुवाउन ऐन , कानुन निति नियम बुद्ध माबिमा केही चाहिदैन यहाँ त कसैको विश्वासपात्र भए हुन्छ । पछील्लो समय यहाँ यस्तै भएको छ , अस्थाई राहत शिक्षकको रुपमा गणित विषय अध्ययन गराउदै आएका निराजन बस्नेत र मर्धु बस्नेत शिक्षक सेवा आयोगले लिएको परिक्षामा नाम निकालि स्थायि दरबन्दीमा पदस्थापना भएर गएपछि २०८१ बैशाख १७ गतेको विज्ञापनको आधारमा माबि राहत तृतिय श्रेणिमा मुकेश ढकाल आएका छन , भनी मधु बस्नेतको स्थानमा गणित शिक्षक आउनुपर्नेमा सो कोटा लाई आर्थिक प्रभावमा परी सामाजिक विषयमा परिणत गरिएको छ । बिधालयले विषय परिणत गर्न पालिकामा लेखि पठाए सँगै बिधालय प्रशासन र शिक्षा शाखाको मिलेमतोमा प्रअ प्रेम बहादुर बस्नेतले आर्थिक लाभलिएको हुन सक्ने शंका त छदैछ त्यो सँगै बिधालयको शिक्षा प्रणालीमै दुरगामी असर पर्ने आम चिन्ता बढेको छ ।


बिधालय लाई राजनिती र आफु अनुकुल स्वार्थले पेरित भएर काम गर्न नहुने हो तर यहाँ , शिक्षक अध्यापन अनुमति पत्र नभएका , शिक्षा ऐनले दिएको ३ वर्षे लिएन सुबिधा पुरा गर्दै सम्पर्कमा नरहेका लक्ष्मी राजभण्डारीहरु जस्ता पात्रका नाममा निकासा लिएर अरुले तलब खाईरहेको विधालय श्रोतले बताएको छ । विज्ञान शिक्षकको ठाउँमा कम्प्युटर विज्ञानको कोटा भनेर लाईसेन्स नभएकाहरुले जागिर खाईरहेको माबि हो बुद्ध माबि , लिखुपिके गाउँपालिकामा ३ वटा माबि छन । तर बुद्ध माबिका प्रअ बस्नेत अख्तियारमा सबैभन्दा बढी तारेख धाउने प्रअमा पर्छन । यसले पनि यो बिधालयमा गढबढ छ भनेर शंका गर्नेहरु लाई थप मदत गरेको छ । माबि तह सम्मको क्षेत्राधिकार पाएको गाउँपालिकाको काम गराई झन उदेक लाग्दो छ । राम्रो लाई भन्दा हाम्रो लाई च्याप्ने परिपाटीको थालनी पालिका स्वयमले गरेको छ ।

कोही शिक्षक वर्षैा सरुवा भएका छैनन भनी कोही महिना पुग्न नपाउदै सरुवाको शिकार हुने गर्छन । यही कुरामा फरक मत राख्दै जनचेतना आबिमा अध्ययन गराई रहेकी शिक्षिका रेनु बस्नेतले पालिका शिक्षा समितीको निर्णय बदर माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराईन । लामो समय शिक्षण पेशा गरेर राजनितीमा आएकी पालिका अध्यक्ष बस्नेतले लिखुपिकेको शैक्षिक क्षेत्र सुधार लाई प्रमुख एजेन्डा बनाएकी थिइन तर आजभोली उनको काम गराईले अधिकाशं शिक्षकहरु रुष्ट छन भनी उनको देखाउने दातँ र चपाउने दात फरक भएको चर्चा चुलिन थालेको छ । यसरी शिक्षा जस्तो पवित्र ठाउँमा मन लाग्दी गरेर आफ्ना बालबच्चाको भविष्य बर्बाद बनाउन खोजेपछि स्थानियबासिहरुले बुद्ध माबि र लिखुपिके शिक्षा शाखाको गलत निर्णय बदर गर्न दबाब बढाउने त्यसो गर्दापनि नभए गलत निर्णयका बिरुद्ध अख्तियार र अदालतसम्म जाने भन्दै मनपरितन्त्र रोकेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । संघिय सरकारले राजनितीमा नलाग्न र बिधालयमा यस्ता गतिविधी नगर्न दिएको निर्देशन लिखुपिकेमा लागु हुन्छ हुदैन त्यो भनी हेर्न बाकी नै छ ।











