आईसीसी टी२० विश्वकप अमेरिकालाई हराउदै भारत सुपर ८ मा

सहआयोजक राष्ट्र अमेरिकालाई हराउदै भारत आईसीसी टी-२० विश्वकपको सुपर ८मा प्रवेश गरेको छ। यसअघि लगातार दुई जित निकालेको अमेरिका भारतसँग पराजित भएको हो। टस हारेर पहिले पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट नोक्सानीमा ११० रन मात्र जोड्न सक्यो। १११ रनको लक्ष्य पछ्याएको भारतले ३ विकेट गुमाएर १८.२ ओभरमा जित निकालेको हो।

अमेरिकाका ओपनर सायन जहनगिर गोल्डेन डकआउट भए पनि स्टिभन टेलरले सर्वाधिक २४ रनको पारी खेले। त्यसपछि एन्ड्रिज गाउस २, आरन जोन्स ११, नितिश कुमार २७, कोरी एन्डरसन १५, हरमित सिंह १० रनमा आउट भएका थिए । शाडली भान स्काकविक नटआउट रहँदै ११ रन जोड्न सफल हुँदा २ रन जोडेका जसदीप सिंह रन आउट हुनपुगे। भारतले ८ रन अतिरिक्त उपहार दिएको थियो।

यता बलिङतर्फ अर्शदीप सिंहले ९ रन मात्र खर्चिएर ४ ओभरमा ४ विकेट झारे। महम्मद सिराज, जसप्रित बुमराह र शिवम् दुवे विकेटविहीन हुँदा हार्दिक पाण्ड्याको नाममा २ विकेट रह्यो भने अक्षर पटेलले १ विकेट झारेका थिए। यता कसिलो फिल्डिङ गरेको अमेरिकालाई पन्छाउन भारतलाई पनि सहज भएन। कप्तान रोहित शर्मा ६ बलमा ३ रनमात्र जोडेर आउट हुँदा विराट कोहली नेत्रावल्करको बलमा गाउसबाट क्याचआउट भए।

उनी पहिलो बलमै गोल्डेन डकआउट हुनपुगेका थिए। ऋषभ पन्तले २० बलमा १८ रन बनाउँदा नटआउट सूर्यकुमारले अर्धशतकीय पारी र शिवम् दुवैले नटआउट रहँदै ३१ रनको योगदान गरे। जुन भारतलाई लक्ष्य भेट्टाउन सहज हुनपुग्यो। अमेरिकाले कुल ९ रन अतिरिक्त उपहार दिएको थियो। बलिङतर्फ अमेरिकाका सौरभ नेत्रावल्करले २ विकेट र अलि खानले १ विकेट लिए। अन्य तीन बलरले भारतको विकेट झार्न सकेनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय