१८ फागुन २०८१ , सोलुखुम्बु ।

सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नं-३ मा आगलागी बाट एक घर जलेर नष्ट भएको छ । आइतबार दिउँसो भएको आगलागीबाट स्थानीय रुद्र बहादुर खत्रीको घर पूर्ण रूपमा जलेको हो ।  लिखुपिके गाउँपालिकाको कार्यालय नजिकै रहेको खत्रीको घरमा गाउँपालिका अन्तरगतका ३ ओटा शाखा कार्यालय रहेको र उक्त कार्यालय समेत जलेर नष्ट भएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानु कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार उक्त घरको तलामा भान्छा रहेको र आगलागीको कारण खुल्न नसकेपनि विद्युत् सर्ट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । केहिदिन अघि आएको हावाहुरीले पोल ढलेकोले लिखुपिकेमा २–३ दिनदेखि विद्युत् आपूर्ति बन्द थियो । आइतबार बिजुली आएपछि एक्कासि आगलागी सुरु भयो, त्यसैले तार सर्ट भएको हो कि भन्ने हाम्रो अनुमान रहेको छ उनले भने । दिउँसोको समय भएकोले मानविय क्षति भने हुन पाएन । घरबारविहिन भएका खत्री लाई सहयोग गर्ने क्रम भनी सुरु भएको छ । हाललाई पालिकाले पनि तत्काल आवश्यक राहत उपलब्ध गरेको छ । सो घरमा डेरा गरी बस्ने शिक्षकहरुको पनि सबै सामान जलेर नष्ट भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय