१८ फागुन २०८१, म्याग्दी।
गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको प्राकृतिक उपचार स्थलको रुपमा परिचित बेनी नगरपालिका–४ मा रहेको सिङ्गास्थित म्याग्दी नदीको किनारमा स्नानका लागि पोखरी निर्माण कार्य तिव्र रूपले अगाडि बढेको छ । स्नानका लागि निर्माणाधीन पोखरी १५ फिट लम्बाइ १५ फिट चौडाई र २.५ फिट उचाईको रहेको छ । यहाँ एक पटकमा ८० जनाले स्नान गर्न सक्ने क्षमता रहेको बताइएको छ । पोखरी निर्माणको अन्तिम चरणमा पुगेको देख्न सकिन्छ । चर्म( छाला) सम्बन्धी धेरै रोगहरू यस पोखरीको पानीमा स्नान गर्दा ठीक हुने विश्वासका साथ देशका विभिन्न स्थान बाट सर्वसाधारणहरु यहाँ पुग्ने गरेका छन ।












