१७ फागुन २०८१ , रामेछाप
रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. १, तेछिमका स्थानीय इङ्गेन शेर्पाले दोङाक समडुप क्षोलिङ गुम्बाको भित्री भागमा रङराेगन गर्ने कार्यकाे लागि आर्थिक सहयाेग स्वरूप नगद रू. ५०,००० हजार आर्थिक सहयोग उपलब्ध गराएको गुम्बाले जानकारी दिएको छ ।

शेर्पा हाल बेलायत बस्दै आएका छन । गुम्बा व्यवस्थापन समितिले आर्थिक सहयोग उपलब्ध गराएकोमा शेर्पा परिवार लाई सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दिर्घायु एवं उत्तराेतर प्रगतिकाे कामना गर्दै धन्यवाद समेत ज्ञापन गरेको छ । आगामी दिनहरूमा पनि यस्तो सहयोगको निरन्तरताको अपेक्षा गरेको पनि गुम्बाले जनाएको छ ।











