१५ फागुन २०८१, काठमाडौ ।
नेपाल वायुसेवा निगमको ९.एन–एएलवाई विमान मर्मत सम्भार पश्चात बिहिबारै बाटै काठमाडौं–दिल्लीको उडान हुने भएको छ । प्रेस विज्ञप्ती जारी गर्दै निगमले निगममा रहेका दुईवटा वाइड बडी विमानहरु मध्ये एउटा विमान ९.एन—एएलजेठ नियमित रुपले उडान गरिरहेको र अर्को विमान ९.एन–एएलवाई को लागि आवश्यक पर्ने पार्टपुर्जा आजै बेलायतबाट आइसकेकोले मर्मत सम्भार पश्चात उक्त विमानले बिहिबार बाटै काठमाडौं–दिल्लीको उडान गर्ने बताएको छ।


निगमले पछिल्लो समय काठमाडौं–दिल्लीको उडान सम्बन्धमा केही सन्चार माध्यमले भ्रम छरेको प्रती गम्भीर ध्यानाकर्षण भएको बताउदै भ्रमको पछि नलाग्न आमजनमानसमा यथार्थ जानकारी दिने उद्धेश्यले यो प्रेस विज्ञप्ति जारी गरेको निगमले जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘निगमले अन्तर्राष्ट्रिय प्रचलन अनुसार विमान निर्माता कम्पनी र नियमनकारी निकायले तोकेको मापदण्ड अनुसार मर्मतसम्भार गरि पूर्णरुपले उडानयोग्य भइसके पश्चात यात्रुहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखी उडान संचालन गर्दै आइरहेको छ । तथापि, कहिलेकाहीं विमानमा आकस्मिक प्राविधिक समस्याहरु आउँदा छोटो समयको लागि विमान भूमिस्थ हुन सक्छन भने निगमको भण्डारमा भएको भन्दा फरक पार्टपुर्जा आवश्यक पर्ने भएमा सो पार्टपुर्जाको व्यवस्थापन बाहिरी मुलुकबाट आयात गनुपर्ने अवस्थामा केहि दिन पनि लाग्न सक्दछ ।’

निगमका प्रवक्ता (प्राविधिक) मनोज कुमार साहका अनुसार निगमको एउटा न्यारो बडी विमान ९.एन–एकेडब्लु शेन्याङ, चीनमा ५ सी–चेक सम्पन्न गरिसकेपश्चात नियमानुसार गर्नुपर्ने कस्टम क्लियरेन्सको प्रक्रियामा समस्या आई उडान अनुमती पुनः आवश्यक परेकोले सो विमान आगामी मार्च १ मा काठमाडौं आइपुग्ने र नियमित उडानमा जानि निगमले स्पष्ट पारेको छ । त्यस्तै, सो विमानको ५ सी–चेक ढिलाई तथा अन्य कारणको सम्बन्धमा अध्ययन गरि यथार्थ विवरण केलाई कहीं कसैको कमिकमजोरी पाइएमा कर्मचारी, मर्मतसम्भार र मर्मत संगठन(एमआरओ) र एजेन्ट समेतलाई कानुनी प्रक्रियानुसार कारवाहीको सिफारिस सहित पेश गर्न यहि फागुन ११ गतेसम्म निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीबाट तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

न्यारो बडी विमान ९एन–एकेएक्सको नोज ल्यान्डिङ गियर मर्मतको लागि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी दिल्लीस्थित एयर इन्डिया इन्जिनियरिङ सर्भिस लि.(एआइईएसएल)मा मर्मत गराउने योजना अनुरुप काठमाण्डौ–दिल्ली उडानको अनुमती नेपाल नागरिक उडड्यन प्राधिकरणबाट प्राप्त हुनासाथ मर्मतको लागि दिल्लीतर्फ जाने र आवश्यक मर्मतपश्चात आगामी मार्च १ देखि नियमित उडानमा रहने जनाइएको छ । विज्ञप्तीका अनुसार निगमको आन्तरिक उडानमा प्रयोग हुने एउटा ट्वीन ओटर विमान ९एन–एबीयूमा आवश्यक इन्जिन मर्मतपश्चात ४ मार्चपश्चात उक्त विमान नियमित उडानमा जानेछ भने त्यसको अर्को साता दोस्रो ट्वीन ओटर विमान ९एन—एबीटीको पनि इन्जिन मर्मतपश्चात नियमित उडान सञ्चालन गर्ने योजना रहेको छ साथै निगमले प्राविधिक समस्याको करणले यात्रुहरुलाई पर्न गएको असुविधाप्रति निगम क्षमायाचना गर्दै निगमको आफ्नै उडान वा उपलब्ध भएसम्म अन्य वायुसेवामार्फत आ–आफ्नो गन्तव्यमा पुर्याउने कार्य भइरहेको र टिकट उपलब्ध नभएसम्मको लागि उचित होटेलबासको व्यवस्था गरिएको समेत स्पष्ट पारेको गराएको छ ।











