व्रतमध्येको पनि सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने परम्परा रहिँ आएको छ । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आज बिहानै देखि पशुपतीनाथमा दर्शन गर्न आउने भक्तजनहरूको घुँइचो लागेको छ भनी देशैभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिने प्रचलन रहि आएको छ ।












