२० माघ २०८१  
अन्जनराज न्यौपाने तनहुँ ।

खेलकुद स्वास्थ्य शरीर र मनको आधार हो भन्ने मुल नाराका साथ जिल्ला डोरी तान संघ तनहुँले शनिबार नव निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारी लाई पदस्थापन गरेको छ। जिल्ला अध्यक्ष श्रीकृष्ण बराल , उपाध्यक्ष नरबहादुर थापा,सचिव जगलाल थापा,कोषाध्यक्ष अर्जुन पौडेल ,उपसचिव ईन्दिरा खडका , यसैगरी संघको सदस्यहरुमा क्रमश सन्तोष कडेल,अशिष श्रेष्ठ ,पर्शुराम ढुङ्गाना,ममता राना, लगाएतका निर्वाचित पदाधिकारीहरुलाई
पदस्थापन गराईएको हो ।

कार्यक्रममा समिति सल्लाहकारहरुमा क्रमश अमित कैनी,ईमान थापा अन्जनराज न्यौपाने लाई सर्वसहमत निर्वाचित गरेको छ। कार्यक्रममा समाजसेवी बसुन्धरा घर्ती , ,मधु थापा,डम्बरबहादुर वि,क ,डोरि तान सघका गण्डकी प्रदेश सहसचिव शिव अधिकारी लगाएतका वक्ताहरुले निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना मन्तब्य व्यक्त गरे। कार्यक्रममा शपथ ग्रहण गराउने क्रममा शुभकामना दिदै डोरी तान संघ गण्डकी प्रदेशका अध्यक्ष विष्णु पुनले व्याक्तिको शारीरिक , मानसिक, नैतिक , स्वस्थ्य र राष्ट्रकालागि कुनै पनि खेल अनिवार्य भएको बताउदै सघको नीति तथा विधानका विषयमा प्रकाश पारेका थिए।

प्रदेश अध्यक्ष थापाले खेलकुदले शारीरिक ,नैतिक चारित्रिक र बौद्धिक पक्षमा प्रत्यक्ष प्रभाव पार्ने बताए । प्रदेश अध्यक्ष पुनले दैनिक ब्यायाम ब्याक्तिकालागि अनिवार्य भएको बताए । कार्यक्रममा डोरी तान सघका स्याङ्जा जिल्ला अध्यक्ष निजामुदिन मिया लगाएतका वक्ताहरुले तनहुँका क्रियाशील खेलाडीहरुको सक्रियतामा यस खेलले जिल्ला प्रदेश तथा राष्ट्रिय खेलाडी उत्पादन गर्ने विश्वास गरे। कार्यक्रम जिल्ला डोरितान सघका संस्थापक अध्यक्ष अमित कैनीको सभापतित्वमा सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय