१५ माघ २०८१, तनहुँ।
अन्जन न्यौपाने।

जीवन विज्ञान जिल्ला परिषद् तनहुँले पुर्ण स्वास्थ्य,सुख,शान्ति र समृद्धिको जागरणका लागि स्वजागरण कार्यक्रम गरेको छ। जीवन विज्ञानका प्रमुख भानु गुरुले जागरण कार्यक्रमका क्रममा प्रशिक्षण दिदै ब्याक्तिले सकारात्मक सोच,आध्यात्मिक भाव,असल र ज्ञानी भै कर्म शुरु गरे त्यस्ता व्यक्तिहरु जीवनमा सफल हुने बताए ।

आफुले आफ्नै लागि गरिने जागरण अभियानकाको मुख्य लक्ष्य भएको उनले बताए। गुरु भानुले मानवले मस्तिष्कलाई योग ध्यान,ज्ञान,अध्यात्म र विवेकको अभ्यासवाट मनलाई सकारात्मकता तर्फ उन्मुख गराउन सफल हुनुपर्ने धारणा राखे । ४ बेद १८ पुराणका रचयिता भगवान वेद ब्यासको जन्म स्थल दमौलीलाई विश्व माँझ चिनाउन सबै तह र तप्काका महानुभाव मिलेर लाग्न उनले अपिल गरे। कार्यक्रममा १ हजार बडीलाई स्वजागरण प्रशिक्षण दिईएको थियो ।












