१३ माघ २०८१, काठमाडौ।

पेम्बा शेर्पा।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान कांग्रेस–एमाले गठबन्धनको सरकारलाई पूर्णतः असफल भएकोनिष्कर्ष निकालेको छ

माघ ११ देखि १३ गतेसम्म तीन दिन चलेको केन्द्रीय कार्यसमिति बैठकले सरकार रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण, विकास निर्माणको गति, र भ्रष्टाचार नियन्त्रणजस्ता मुख्य क्षेत्रमा असफल भएको निश्कर्ष निकालेको हो।

राप्रपाले बैठकपछि जारी गरेको १६ बुँदे वक्तव्यमा सरकारको असफलताका विषयमा प्रस्ट धारणा व्यक्त गरेको छ। प्रवक्ता मोहन कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकार मुलुकभित्र पर्याप्त रोजगारी सिर्जना गर्न, आर्थिक गतिविधि चलायमान बनाउन, भ्रष्टाचार नियन्त्रण गर्न, र मूल्यवृद्धि रोक्न पूर्णतः असफल भएको छ। भ्रष्टाचारजन्य गतिविधि र भ्रष्टाचारीलाई सरकारबाटै संरक्षण प्राप्त हुनु आपत्तिजनक छ।”

राप्रपाले गठबन्धन सरकारलाई संविधान संशोधन र कानुन निर्माणका प्राथमिकतामा चुकेको आरोप लगाएको छ। ७ बुँदे सहमतिका आधारमा गठन भएको यो सरकार आफ्नै उद्देश्यबाट च्युत भएको वक्तव्यमा उल्लेख छ।

वक्तव्यले सत्ता पक्षीय नेताहरूले संसद छलेर अध्यादेश ल्याउने, राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गरेर दुईदलीय व्यवस्थातर्फ लैजाने प्रयासलाई ‘दुईदलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यास’ भएको बताएको छ।

यसले मुलुकको लोकतान्त्रिक व्यवस्थामा दीर्घकालीन असर पार्ने र बहुदलीय व्यवस्थाको मर्म विपरीत रहेको राप्रपाको निष्कर्ष छ। राप्रपाले आफ्ना एजेन्डा स्थापित गराउन सडक र सदन बाट व्यापक दबाव सिर्जना गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय