१० माघ २०८१ , सोलुखुम्बु।

प्रेस चौतारी नेपालको छैटौँ जिल्ला अधिवेशन बाट सोलुखुम्बु शाखाको अध्यक्षमा गार्डेन राई सर्वसम्मत निर्वाचित भएकी छन्  ।  सोलुखुम्बु सदरमुकाम सल्लेरीमा बिहीबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

 

समितिको उपाध्यक्षमा प्रविन राई, सचिवमा पुष्प श्रेष्ठ, सहसचिवहरूमा भविरार्ज खालिङ र जुनिसा राई, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन भएका छन । यस्तै केन्द्रीय तथा प्रदेश प्रतिनिधिहरूमा डिल्ली शर्मा, पशी शेर्पा चयन भएको प्रेस चौतारी सोलुखुम्बुले जनाएको छ । पत्रकारहरूको हकहित संरक्षण, प्रेस स्वतन्त्रता प्रवद्र्धनका साथै सोलुखुम्बु जिल्लामा पत्रकारिताको स्तर उकास्न थप कार्ययोजना अघि बढाउने नवनिर्वाचित अध्यक्ष राईले प्रतिवद्धता व्यक्त गरेकी छन् ।

अधिवेशन प्रेस चौतारी नेपाल सोलुखुम्बुका निवर्तमान अध्यक्ष डिल्ली शर्माको अध्यक्षता तथा केन्द्रिय सदस्य नुतन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय