राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान रूपन्देहीको जिल्ला अदालतमा सुरू भएको छ। लामिछाने विरुद्ध बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका हुन्।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेको बयान भएको छ। बुधबार दिउँसो २ बजेदेखि बयान भएको हो।

अहिले लामिछानेको बयान भइरहेको जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बताए। बयान सकिएपछि बल्ल बहस सुरू हुने मरासिनीले जानकारी दिए।लामिछानेको पक्षमा बहस गर्न काठमाडौंबाट पनि कानुन व्यवसायी आएका छन्। अधिवक्ता नारायणदत्त कँडेल, नारायण घिमिरे, सुशील पन्तसहितका कानून व्यवसायी आएका हुन्। रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने छन्।

पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन्। त्रिपाठी र भण्डारी पनि रूपन्देही आइपुगेका छन्। सरकारी तर्र्फबाट भनी एकदर्जन वकिलले बहसको तयारी थालेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय