माघ २०८१ , काठमाडौ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सांसदहरुलाई अंग्रेजी कामचलाउ राख्न सुझाव दिएका छन् । उनले भने,‘तपाईंहरु विभिन्न समितिहरुमा हुनुहुन्छ, विभिन्न समयमा बाहिर जानुहुन्छ, जाने मौका मिल्छ, त्यसो हुँदा मैले सबै माननीयज्यूहरुलाई भन्ने गरेको छु–कमसेकम अंग्रेजीलाई कामचलाउ लेभलमा राख्नुहोस, अलिकति बोल्न सकिने लेभलमा राख्नुहोस । त्यो विकास गर्नैपर्छ ।’

उनले आफूहरुले राष्ट्रिय हितलाई सर्वाधिक महत्व दिएको बताएका छन् । उनले भने,‘राष्ट्रिय हित भनेपछि यसले थुप्रै कुरालाई समेट्छ । हामी यसलाई सर्वोपरि राख्छौं । तर, राष्ट्रिय हित भन्दैमा हामी जसो गर्दा राष्ट्रलाई फाईदा हुन्छ भन्नेतर्फ होईन । बरु, न्यायोचित र अन्तर्राष्ट्रिय दायित्वसँग जोडिएको राष्ट्रिय हित हेरिन्छ । यस कुरालाई हामीले ध्यानमा राख्नुपर्छ ।’ नेकपा (एमाले) का परराष्ट्र विभागले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिबारे सांसद सम्वाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल तटस्थ परराष्ट्र नीतिमा अडिग रहेको सुनाए । उनले आफूहरुले सन्तुलित र सकारात्मक हिसाबले आर्थिक कुटनीति अपनाईरहेको पनि जानकारी दिए  । उनले नेपाल सानो देश भनेर हिनतावोध कतै नपाल्न पनि सुझाव दिए । नेपालभन्दा १५४ वटा देशहरु सानो रहेको तथ्यांक ओलीले पेश गरे । सो क्रममा प्रधानमन्त्री ओलीले भारत र चीनजस्ता नेपालका छिमेकी मित्रराष्ट्रहरुसँग खुला खुलस्त ढंगले कुरा राख्नुपर्ने बताए । उनले डिप्लोमेसी भनेको आज भनेको कुरा आजै र भन्दाभन्दै भनेको कुरा बुझ्ने खालको हुनुपर्ने र आजको गरेको कुरा भोलि बुझिनेछ भन्ने नहुने टिप्पणी गरे । उनले डिप्लोमेसी भनेको जिब्रो लट्पटाउने र नबुझिने भाषा बोलेर समय सिध्याउने विषय नभएको भन्दै यसको गाम्भीर्यता बुझाउने प्रयास गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय