माघ २०८१ 

नेकपा एमालेका नेता तथा पुर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सँग दुई चरणमा भएको छलफलपछि एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम एमालेमा फर्कन तयार भएको बताएका छन।

बस्नेतले अगाडि भनेका छन पार्टी एकता राष्ट्रिय अभियान चलाएर  एकता कायम गर्ने अभियानमा लाग्नु भएका तर खासै परिणाम निकाल्न नसकेका नेता गौतम नेकपा एमालेमा फर्कन स्ट्याण्ड बाई हुनुहुन्छ , भन्नु हुन्छ , ‘म तयार भएर बसेको छु । उताबाट खबर आएको छैन आशा गरौं सकारात्मक खबर आउनेछ गौतमको यस्तो भनाई पछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसंग भएको भेटले  गौतम एमाले आउन तयार भएका हुन् ।  गौतमको नेकपा एमाले पुनरागमनले सिंगो कम्युनिस्ट आन्दोलन र मुलुकको समृद्धिलाई टेवा पुग्ने बस्नेतले दाबी गरेका छन । माधव नेपाल नेतृत्वको एकीकृत समाजबादीमा प्रवेश गर्ने हल्लाकै बिच गौतम समाजबादीमा नगई एमाले प्रवेश गर्ने अन्तिम तयारीमा रहेका छन् । उनी भोलि वा पर्सिमै एमाले प्रवेश गर्ने छन् । गौतमको प्रवेश सगै राष्ट्रिय सभामा एमालेको १ सीट बढेर १२ हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय