६ माघ २०८१ काठमाडौ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले आफूहरु अहिले कसैसँग एकीकरणको पक्षमा नरहेको स्पष्ट पारेका छन् । हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी अहिले टुटफुट र एकीकरणको पक्षमा नरहेको बताएका हुन् । उनले अहिले सिंगो राप्रपा एकढिक्का रहेको दाबी समेत गरे ।

कमल थापा नेतृत्वको राप्रपा नेपालतर्फ लक्षित गर्दै उनले कोहीसँग एकीकरण हुन्छ की भन्ने बजारको हल्लामा नलाग्न कार्यकर्तालाई आग्रह गरे । ‘राप्रपा टुट्ने, फुट्ने, एकीकरण हुने कुनै पक्षमा छैन । महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजय भएपछि थापा राप्रपा छोडेर हिँडेका थिए । त्यसको केही समयपछि राप्रपा नेपाल बनाएर हिँडेका थापाले राप्रपा नेपाल एकिकरणको पक्षमा उभिएको बताउँदै आएका छन् । गत पुस २७ गते पृथ्वी जयन्तीमा समेत एकै ठाउँमा कार्यक्रम गर्न थापाले लिङ्देनसँग आग्रह गरे तर लिङ्देनले थापाको प्रस्ताव ठाडै अस्वीकार गरेका थिए ।

आफू नेतृत्वको पार्टीले आयोजना गरेको चियापान सकेर थापा लिङ्देनले आयोजना गरेको चियापान कार्यक्रममा समेत पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय