माघ २०८१, काठमाडौ।

नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुसँग आज सामूहिक छलफल गर्ने भएका छन । त्यसका लागि उनले बिहीबार बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका छन् । बैठकमा संसदीय दल कार्यसमितिका सदस्यहरुलाई पनि बोलाइएको छ ।

सो बैठकमा मन्त्रीहरुले गरेका कामको ब्रिफिङ लिने र प्रभावकारी काम गर्न निर्देशन हुने देउवाको सचिवालयले जनाए पनि यो बैठक लागि निकै महत्वका साथ हेरिएको छ ।  पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई/दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । तर भदौमा पहिलो बैठक बसेपछि अहिलेसम्म बस्न सकेको थिएन ।  दोस्रो बैठक बिहीबारका लागि बोलाइएको हो । कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री सरकारमा छन् । सरकार परिवर्तनको हल्ला चलिरहेको समयमा देउवाले आफ्ना सबै मन्त्रीहरु लाई निवासमा बोलाए पछि अब के होला भन्ने चासो बढेको छ ।

सरकारको नेतृत्व प्रकाशमान सिंहले गरेका छन् । कांग्रेसबाट मन्त्री हुनेहरुमा उपप्रधानसहित सहरी विकासमा सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन् ।

दुई राज्यमन्त्रीमा रुपा विक र पूर्णबहादुर तामाङ छन् । विकले वन तथा वातावरण र तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी समाली रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय