२ माघ २०८१ , काठमाडौं।
नेपाली कांग्रेस सोलुखुम्बुमा नेता एवं प्रजातन्त्र सेनानी देवीध्वज बस्नेतको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । पार्टी कार्यालयका मुख्य सचिवले हस्ताक्षर गरेर जारी गरेको शोक वक्तव्यमा सभापति देउवाले २००७ सालको क्रान्तिमा सक्रिय सहभागिता जनाएका बस्नेतको निधनले पार्टी लाई क्षति पुगेको बताएका छन । तत्कालीन मुक्ति सेनामा रहेर प्रजातन्त्र प्राप्तिको संघर्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका बस्नेत वि.सं. २०१५ सालको आम निर्वाचन पश्चात पार्टी निकट वृद्धिजीवी परिषद्को राष्ट्रिय सम्मेलन हुँदा पूर्व ३ नं. बाट प्रतिनिधि चुनिएर केन्द्रीय वुद्धिजीवी परिषद्को सदस्यमा निर्वाचित भएका थिए । बस्नेतको गत पौष २४ गते काठमाडौंमा निधन भएको थियो।













