२ माघ २०८१, काठमाडौ।
प्रमुख प्रतिपक्षी दल माओबादी केन्द्रको समन्वयमा बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकमा रवि लामिछानेमाथि राज्यले गरेको व्यवहारबारे छलफल भएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल,राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले रविमाथि राजनीतिक प्रतिशोधको आधारमा अमानवीय व्यवहार भइरहेको धारणा राखे।

प्रचण्डले जसरी पनि रविलाई फसाउन पर्छ भन्ने उद्देश्यले राज्य लागेको आरोप लगाउँदै सहकारी ठगीमा संलग्न सतारुढ दलका व्यक्तिहरूलाई भने बचाउन खोजिएको बताएका थिए। माधव नेपालले पनि सहकारी ठगीमा संलग्नलाई जोगाएर रविमाथि अन्यायपूर्ण व्यवहार गरिएको धारणा राखे । बैठकमा विपक्ष दलका नेताहरूले रविमाथिको राजनीतिक प्रतिशोधको विरोध गर्दै निष्पक्षताको माग गरेका छन्।












