१ माघ २०८१, सोलुखुम्बु।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ४ स्थित निर्माणाधीन मकालु एपेक्स हाइड्रोपावरमा ब्लास्टिङ गर्ने क्रममा तीन जना मजदुर घाइते भएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिए । घाइते हुनेमा नवलपरासी बर्दाघाटका राजेन्द्र विक, रुकुम आठबिसकोटका हरिसचन्द्र बोहरा र सोही ठेगानाका नरबहादुर मगर रहेको खुलेको छ ।

बिहान अन्दाजी ९ बजे भएको सो घटनालगत्तै घाइतेहरूलाई बुङ अस्पताल र छेस्काम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो उनीहरु लाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।  घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय