पौष २७, काठमाडौ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सोलुखुम्बुले ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा जिल्लामा कृयाशिल महिला पत्रकार लाई सम्मान गरेको छ । काठमाडौको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महिलाहरुले मात्र संचालन गरिरहेको जिल्लाको एकमात्र एफ. एम सोलु . एफ .एमकि म्यानेजर गार्डेन राई लाई राप्रपा सोलुखुम्बुले सम्मान गरेको हो ।


२०४७ सालमा जिल्लामा राप्रपा स्थापना गर्ने जिल्ला नेताहरुको स्मरणमा स्थापित पुरस्कार मध्य , यो पटक पत्रकार गार्डेन राई लाई स्वर्गीय रेख बहादुर बस्नेत स्मृति पुरस्कार बाट सम्मान गरिएको हो । राप्रपा जिल्ला कार्य समिति सोलुखुम्बुका अध्यक्ष राजेन्द्र बस्नेत तथा केन्द्रीय प्रवक्ता मोहन कुमार श्रेष्ठले आज संयुक्त रुपमा राईलाई सम्मान पत्र हस्तान्तरण गरेका छन ।

सोलुखुम्बुमा राप्रपा स्थापना गर्ने जिल्लाका अग्रज नेताहरुको स्मरणमा पुरस्कार बितरण गर्ने परिपाटी पहिलोपटक थालिएको अध्यक्ष बस्नेतले जानकारी दिए। जिल्लाका विभिन्न नेताहरूको स्मरणमा स्थापित पुरस्कार विभिन्न संस्था तथा व्यक्तिहरु लाई प्रदान गरिने अध्यक्ष बस्नेतले स्पष्ट पारे।
पहिलोपटक राजनीतिक दलको तर्फबाट सम्मान पत्र सहितको पुरस्कार प्राप्त गर्दा खुशी लागेको सोलु एफएमकि स्टेशन म्यानेजर गार्डेन राईले बताइन ।

उनले यो पुरस्कारले आफ्नो जिम्मेवारी वढेको र सोलु एफ.एम निष्पक्षतामा सवल रहेको प्रमाणित भएको धारणा व्यक्त गरिन । राईले कामको मुल्यांकन गर्दै आगामी दिनमा थप जिम्मेवार बन्न पुरस्कृत गरेर राप्रपा सोलुखुम्बुले जिम्मेवारी थपी दिएको भन्दै खुशी व्यक्त गरेकि छन ।
सम्मान पत्र बितरण कार्यक्रममा राप्रपा सोलुखुम्बुका उपाध्यक्ष पासाङ काजि लामा, सोलुखुम्बु काठमाडौ सम्पर्क समितिका अध्यक्ष भेषराज कार्की , राप्रपा युवा संगठन सोलुखुम्बुका अध्यक्ष राज कुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।













