पौष २५, काठमाडौ।
प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारको बत्तीको लाइन नेपाल विद्युत प्राधिकरणले काटी दिएको छ ।

बत्तिको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन काटिदिएको हो । प्राधिकरणले आज बिहानबाट संसदीय दल कार्यालयको लाइन काटेको हो ।

तीन महिनासम्म बत्तिको बिल नतिर्दा प्राधिकरणले लाइन काट्ने गरेको छ । संघीय संसद सचिवालयले समयमै बिल नतिर्दा लाइन काटिएको स्रोतले जनाएको छ । ६५ हजार जति कांग्रेस संसदीय दलको कार्यालयले प्राधिकरण लाई तिर्न बाँकी रहेको छ । संसद सचिवालय स्रोतका अनुसार आजै बत्तिको बिल तिरेर काटिएको लाइन जोड्ने तयारी भइरहेको छ ।











