पौष २५, काठमाडौ।
जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले थ्रेस होल्ड बढाउने विषय आफूहरु लाई स्विकार्य नभएको भन्दै संघर्ष गर्ने घोषणा गरेका छन् । निर्वाचन कानून संशोधन बारे समाचार साझा गर्ने क्रममा उनले आफ्नो धारणा राख्दै असन्तुष्टि पोखेका हुन् । उनले नेपालजस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व हुनुपर्ने स्पष्ट पारेका छन् ।


‘नेपालजस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातिय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनु पर्दछ ताकि उनीहरूले कम्तीमा आफ्नो समस्या सदनमा राख्न पाओस्, कुनै ऐन–कानून बन्दा आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन सकोस्। त्यसका विपरीत ६–७ लाख गर्दै दशौंलाख जनताको मतलाई खारेज गर्ने र सो हिस्सा चोर बाटोले ठूला पार्टीमा जोड्ने निर्वाचन थ्रेसहोल्डको प्रावधान आमजनतालाई स्वीकार्य हुन सक्दैन। हामी संघर्षका लागि तैयार छौं। दुई दलीय तानाशाही नेपाललाई नचाहिएको उनले स्पष्ट पारे ।











