पौष २० , काठमाडौ ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामी मंसिरको दोस्रो हप्ता केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रवार र शनिबार राजधानीमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले देशमा बढदै गएको भष्टाचार , अनियमितता , महङ्गीको अन्त्यका साथै संघीयताको खारेजी , राजसंस्थाको स्थापना , हिन्दुराज्यको स्थापना लगायत बिचार मिल्ने दल , समुह र अभियान्ताहरु सग एकता गर्ने , एकता नभए मोर्चाबन्दी गरेर अगाडि बढने निर्णय समेत गरेको छ । अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सग भेटगरी एकताको कुरा गरेको र लिङ्देन सकारात्मक रहेको बैठक लाई जानकारी गराएको एक नेताले बताए ।

मधेसका जनताको हकहितका लागि मधेस उत्थान अभियान चलाउने,  चैत्रदेखि पार्टीको एजेन्डा स्थापित गर्न आन्दोलनमा जाने निर्णय भएको प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय