पौष २० , काठमाडौ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कसैले विरोध गर्दैमा सहकारी प्रकरणको छानबिन प्रभावित नहुने बताएका छन् । नेकपा (एमाले) बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको भुवो पर्व विशेष सांस्कृतिक कार्यक्रममा बोल्दै उनले सडकमा आन्दोलन गर्दैमा उन्मुक्ति पाइन्छ भन्ने नसोच्न रास्वपा लाई सचेत समेत गराए ।

जनताको बचत हिनामिना गर्ने व्यक्ति वा संस्थालाई कारबाहीको दायरामा ल्याउनेदेखि सहकारीलाई एकीकृत अनुशासनमा राख्नका निम्ति सरकार अघि बढेको उनले बताए । उनले अधिकारसम्पन्न सहकारी नियमन प्राधिकरण र सहकारी संरक्षण कोष बनाउने व्यवस्थाका निम्ति कानुन बनाउन सरकारले अध्यादेश ल्याएको सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय