पौष २०, सुर्के सोलुखुम्बु।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की , भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई सहितको टोली लिएर हिमाली पर्यटकीय जिल्ला सोलुखुम्बु पुगेका छन् ।


ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत खुम्बुपासाङ ल्हामु -२ को सुर्के पुगेका हुन् ।
सडक उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो सडक लाई कालोपत्रे गरिने प्रतिबद्धता व्यक्त गरे । पर्यटकीय सडक भएको हुँदा पालिका केन्द्र भन्दा माथि यो सडक लान नहुने पनि प्रधानमन्त्रीले धारणा राखे । आफू हिमाल हेर्न प्लेनमा बस्दा झ्यालको सिटमा बस्ने गरेको उनले किस्सा सुनाए । प्रधानमन्त्री लगायतको टोलीलाई स्थानीयले भव्य स्वागत गरेका छन् भनी कलाकारहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका छन् ।
उदघाटन समारोह लाई भौतिक पूर्वाधार मन्त्री, रक्षामन्त्री मुख्यमन्त्री लगायतले सम्बोधन गरेका थिए।













